Incident Reports

भरूवा बन्दुक सहित पक्राउ

2018-12-11

Bagmati, Ramechhap, Khadadevi, Ward 7

रामेछाप खाँडादेबी गाउँपालिका-७ अग्लेश्वरीडाँडास्थित सल्लाघारी जंगलबाट १ थान भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रज्वल मगर समेत ३ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई कालिज मारिरहेको अबस्थामा अस्थाई प्रहरी पोष्ट गाल्पाबाट खटिएको प्रहरी टोलीले उक्त हतियार सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments