Incident Reports

निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन

2018-12-11

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाई कारबाहीको माग राख्दै प्रदेश ७ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि नेपाल विद्यार्थी संघ, महिला संघका कार्यकर्ताले विरोध प्रर्दशन गरेका छन् ।

विरोध प्रर्दशनमा केहीबेर प्रहरीसँग मुठभेडको स्थिती पनि सिर्जना भएको थियो।

प्रधानमन्त्री तथा संघिय गृहमन्त्रीको पुतला दहन गर्ने क्रममा प्रर्दशनकारी र प्रहरीबीच मुठभेडको स्थिती सिर्जना भएको हो। आक्रोशित विद्यार्थीहरुले मुख्यमन्त्रीको मुल गेट अगाडिको सडकमा भने टायर जलाएर विरोध प्रर्दशन गरे। यही क्रममा करिव १ घण्टा प्रदेशको मुख्यकार्यालय अगाडिको सडक अवरुद्ध भएको थियो।

प्रर्दशनकारीले ‘सरकार भेटियो, न्याय भेटिएन’ नारा लगाएका थिए। नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष भेष बलले पुत्ला दहनमा प्रहरीले गर्न खोजेको विरोधमा थप १ घण्टा सडक जाम गरेको बताए। उनले निर्मलाले न्याप नपाए सम्म नेपाल विद्यार्थी संघ आन्दोलनलाई निरन्तरता दिने बताए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments