Incident Reports

भरुवा बन्दुकको पाटपुर्जा सहित पक्राउ

2018-12-12

Province 1, Panchthar, Hilihang, Ward 5

याङवरक गाउँपालिका-३ ओयाम बस्ने ६० बर्षीय शान्ताबहादुर बिकको घरमा फलाम पिटने आरनमा काम गर्ने पाँचथर हिलिहाङ गाउँपालिका-५ का ४८ वर्षीय बुद्धिमान बिकलाई ५ नाल भरुवा बन्दुकको पाटपुर्जा सहित बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त आरनमा भरुवा बन्दुक बन्छ भन्ने बिशेष सुराकीको आधारमा प्रहरी चौकी फलैचाबाट खटिएको प्रहरी टोलीले बुद्धिमानलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments