Incident Reports

दुर्घटनामा एकजनाको मृत्युपछि घोराहीमा आन्दोलन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

2018-12-24

Lumbini, Dang, Ghorahi

दाङको घोराहीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि आक्रोशित हुँदै आफन्त र स्थानीयले आन्दोलन चर्काएका छन् । आन्दोलित समूहले बस तोडफोड गरेको छ भने नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

दुर्घटनापछि घोराही तनाबग्रस्त छ । स्थानीयले प्रहरीले दमन गरेको भन्दै आन्दोलन जारी राखेका छन् । प्रहरीले भने सवारीसाधनमा क्षति पु¥याउने गरी गतिविधि गरेको र त्यसलाई नियन्त्रणमा लिन र भीड हटाउन अश्रु ग्यास प्रयोग गरेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । असर नपुग्ने गरी यस्तो कारवाही गरिएको उनले बताएका छन् ।

स्थानीय र मृतकका आफन्त आन्दोलन सँगै घोराहीको तुलसीपुर चोकमा धर्नामा बसेका छन् । सोमबार मध्यान्ह बस र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक घोराही १८ का २९ वर्षीय मेघराज पुनको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा सोही ठाउँका २५ वर्षीय महेश बुढा गम्भीर घाइते भएका छन् ।

घोराहीको तुलसीपुर चोकबाट बसपार्क जाँदै गरेको रा ३ प १९७४ नम्बरको स्कुटर र बसपार्कबाट तुलसीपुर चोकतर्फ आउँदै गरेको लु २ ख १६०२ नम्बरको बस घोराही–१४ लखनपार्क (घोराही हस्पिटल नजिक) ठोक्किएको थियो । घाइते बुढाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Road block
Weapons None
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments