Incident Reports

वीरगञ्ज महानगरपालिकाका प्रमुखविरुद्ध प्रदर्शन, घण्टाघर तनावग्रस्त

2018-12-24

Madhes, Parsa, Birgunj

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। माईस्थानस्थित रहेको विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीहरुले महानगरपालिकाका प्रमुख सरावगीविरुद्ध सोमबार बिहानैदेखि घण्टाघरमा प्रदर्शन गर्नुका साथै नाराजुलुससमेत गरेका छन्। प्रदर्शनका कारण अहिले घण्टाघर केही समयको लागि तनावग्रस्त भएको प्रहरीले जनाएको छ।

महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै प्रमुख सरावगीविरुद्ध नाराबाजी गर्दै आएका छन्।

प्रअ मेहताले शैक्षिक अवस्था तहसनहस पारेको, शिक्षालाई अङ्ग्रेजी माध्यम बनाएर अभिभावकसँग चर्को शुल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा गरिएको महानगरपालिका प्रमुख सरावगीले बताए। उनले भने, ‘विद्यार्थीलाई उच्चालेर राजनीतिक गर्न खोज्ने प्रअ मेहतालाई कानूनी कारवाही हुनुपर्छ।’

महानगरपालिकाले लामो समयसम्म एउटै विद्यालयमा बसेर शैक्षिक अवस्था बिगारेको र विद्यालयलाई कमाइ खाने माध्यम बनाएकाले प्रअ मेहताको सरुवालाई अभिभावकले स्वागतयोग्य मानेको बताएको छ। तर विद्यार्थीले आज बिहानैदेखि नारा जुलुस गर्न थालेपछि घण्टाघर क्षेत्रमा सवारी आगमन ठप्प पारेका छन्। सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएकाले कुनै अप्रिय घटना भने घटेको छैन। विद्यार्थीहरू आन्दोनमा उत्रिएपछि उनीहरूको पठनपाठनमा प्रतिकूल असर परेको छ। (रासस)

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments