Incident Reports

पत्रकारको परिचयपत्र प्रहरीले च्यात्यो, ज्यान मार्ने धम्की

2018-12-28



नेपाल पत्रकार महासंघ कञ्चनपुरले पत्रकार पदमराज बोहरालाई प्रहरीले दुर्ब्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।


नेपाल टेलीभिजनमा कार्यरत पत्रकार बोहरालाई महेन्द्रनगर नगर विकास समितिको जमिन प्रकरणको समाचार संकलनका क्रममा होटल ओपेरा नजिक प्रहरीले दुर्ब्यवहार गर्नुका साथै परिचय पत्र च्यातेर फालिदिएका थिए। प्रहरीले उनकाे क्यामेरा समेत फुटाइदिएको महासंघले जनाएको छ।

बोहरालाई प्रहरीले हिरासतमा लिइ शौचालयमा थुनेर ज्यान मार्ने धम्की दिएको भन्दै महासंघले आपत्ति जनाएको छ।

घटनाको छानविन गर्न र दोषी प्रहरीमाथि कारबाही गर्न पनि महासंघले माग गरेको छ।
c

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
National/Online Media , INSEC

0 Comments