Incident Reports

समायोजन अध्यादेशको विरोधमा काठमाडौं महानगरका कर्मचारी आन्दोलनमा

2018-12-25

Bagmati, Kathmandu, Kathmandu

‘कर्मचारी समायोजन अध्यादेश–२०७५’को विरोधमा आन्दोलनरत स्थानीय तहका कर्मचारीहरुले मंगलबार काठमाडौंमा र्‍यालीसहितको प्रर्दशन गरेका छन् ।

देशभरका स्थानीय तहका कर्मचारीहरुले मंगलबार काठमाडौंमा भेला भई सरकारले हालै जारी गरेको कर्मचारी समायोजना अध्यादेश सच्याउन माग गर्दै सरकारलाई दवाव दिएका हुन् । काठमाडौंको प्रर्दशनीमार्गबाट सुरु भएको र्‍याली सुन्धारास्थित बाघदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

स्थानीय तहका कर्मचारीहरुले स्थानीय तहमा कार्यरत ज्यालादारी, करारमा रहेका कर्मचारीहरुलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्न पनि सरकारलाई दवाव दिँदै आएका छन् ।

उनीहरुले निजामती कर्मचारी सरह सेवा र सुविधाको व्यवस्था नगरेसम्म कर्मचारी समायोजना अध्यादेश मान्य नहुने स्पष्ट पार्दै एक हप्तायता कामकाज नै प्रभावित हुने गरी आन्दोलन सुरु गरेका हुन् ।

स्थानीय तहमा करिव २० हजारभन्दा कर्मचारीहरु रहेका छन् । उनीहरुको हित प्रतिकूल हुने गरी सो अध्यादेश ल्याएको भन्दै स्थानीय तहका कर्मचारीहरु सरकारप्रति आक्रोशित भएका छन् ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments