2019-01-09
इलाम– चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह थालेका छन्। गत साउन १० मा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा.केसीले ६ बुँदे मागसहित अर्काे चरणको सत्याग्रह इलामबाट थालेका हुन्।
मंगलबार इलाम आएका डा.केसीले बुधबार साँझ पत्रकार सम्मेलन गरी १६औं सत्याग्रह घोषणा गरे। उनी साँझ ५ बजेदिेखि सदरमुकामको केही महिनाअघिसम्म सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रहेको निजी भवनमा ६ बुँदे मागसहित सत्याग्रह बसेका छन्।
१६औं सत्याग्रहका मागको पहिलो बुँदामा १५औं सत्याग्रहपछि गत साउन १० मा सरकारसँग भएको सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने उल्लेख छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलगायतलाई तत्काल बर्खास्तीलगायत कारबाही गर्न, त्रिवि पदाधिकारीद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्न र कृषि तथा वन विश्ववद्यालयमा सम्बन्धन रोक्ने मन्त्रिपरिषद्को निर्णयबाबजुत चोरबाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीलाई कारबाही गर्न उनको माग छ।
यस्तै, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनु पर्नेदेखि कञ्चनपुरकी बालिका निर्मला पन्तमाथि बलात्कार र हत्या गर्नेविरुद्ध कारबाही गर्नसमेत उनले माग गरेका छन्। १६औं सत्याग्रहक्रममा डा.केसीले सशस्त्र द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार दण्डित गर्नुपर्ने र द्वन्द्वपीडितको माग सुनुवाई गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पु¥याउनुपर्ने मागसमेत थपेका छन्।
‘हामीसँग भएको सहमतिविपरीत संसदीय समितिले विधेयक ल्याएर जनमुखी र विद्यार्थीमुखी ऐन रोक्दै माफिया पोस्नेखालको ऐन बनाउन लागेको छ,’ डा.केसीले पत्रकार सम्मेलनमा भने, ‘विगतमा भएको सहमतिअनुसार विधेयक नआएसम्म सत्याग्रह जारी नै रहन्छ।’ उनले आफू ३ करोड नेपालीका लागि लडेको भन्दै जीवन–मरणको चिन्ता आफूलाई नभएको बताए। ‘म सत्याग्रहका बेला पानी चाहिँ पिउँछु,’ उनले भने, ‘सत्याग्रह माग पूरा नभएसम्म निरन्तर रहनेछ।’ उनले संसदीय समितिले पास गरिसकेको विधेयक संसद्को पूर्ण बैठकमा जान बाँकी नै रहेकाले त्यसबेलासम्म विधेयक संशोधन हुनसक्ने पनि बताए।
डा.केसी सत्याग्रहका लागि मंगलबार नै इलाम आएका थिए। उनले संसद्को समिति सरकार प्रमुखकै निर्णयमा चल्ने भन्दै आफ्ना माग पूरा हुने–नहुने प्रधानमन्त्रीमा भर पर्ने बताए। ‘ओली (प्रधानमन्त्री केपी शर्मा ओली)ले माग पूरा गर्ने हो,’ उनले भने, ‘सांसद्हरू त ओली र प्रचण्डकै कार्यकर्ता न हुन्।’
साउन १० को सहमतिपछि विज्ञप्ति निकालेर डा.केसीले ऐन ल्याउन पुस १७ सम्मको अल्टिमेटम दिएका थिए। त्यसपछि संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले केही समय मागेपछि उनले थप २ दिन समय दिए। गत १७ गते सत्याग्रहका लागि इलाम आइपुगेका डा.केसीले समितिले पुनः केही दिन ‘पर्खिदिन’ भनेपछि बुधबारसम्मलाई सत्याग्रह सारेका थिए।
जुम्लामा २७ दिन आमरण सत्याग्रहमा बसेका बेला डा.केसीले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारी मेडिकल कलेज खोल्न माग राखेका छन्। उनले राजधानीबाहिरका यी जिल्लामा सरकारी मेडिकल खोल्नुपर्ने आफ्नो चौथौ सत्याग्रहदेखिकै माग रहेको बताए।
गत साउन १० मा डा.केसीका प्रतिनिधि र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो। आगामी १० वर्षभित्र काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धन पर्खिरहेका काठमाडौंका मेडिकल कजेल सरकारले किनिदिएर काठमाडौंबाहिर जान सहजीकरण गर्नेलगायतका २२ बुँदामा त्यतिबेला सहमति भएको थियो। तर, उनीसँगको सहमतिका बुँदाभन्दा फरक व्यवस्थासहितको विधेयक बुधबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले पारित गरेपछि डा.केसी सत्याग्रहमा बसेका हुन्।
Violent / Non-violent | Nonviolent |
Primary Form | Strike/Bandh |
Primary Cause | Issues related to the quality of public services (health, education etc.)and access to these services |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD