Incident Reports

राजधानी माग गर्दै धनकुटामा प्रदर्शन

2019-01-17

प्रादेशिक राजधानीको माग राख्दै स्थानीयासीले बिहीबार अपरान्ह धनकुटामा प्रदर्शन गरेका छन् ।

प्रादेशिक राजधानीको माग राख्दै बिहीबार धनकुटामा स्थानीयबासीले प्रदर्शन गर्दै । तस्बिर: रमेशचन्द्र अधिकारी/कान्तिपुर 

स्थानीय मदन चोकमा सयौंको सङ्ख्यामा भेला भएका स्थानीयवासीले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई कायम गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

अघिल्लो वर्ष माघ ३ गते अस्थायी मुकाम घोषणा गरेको दिनको आधारमा स्थानीयले ‘कालो दिन’ को रूपमा आन्दोलनको सुरुवात गरेको आन्दोलन परिचालन समितिको संयोजक सुन्दरबाबु श्रेष्ठले बताए। राणाकालदेखि हालसम्म प्रशासनिक थलोको रूपमा रहेको जिल्लामा प्रादेशिक मुकाम तोकिनुपर्ने स्थानीयको माग छ। ‘धनकुटा राजधानी बनाऔँ अभियान समिति’ को आयोजनामा प्रदर्शन गरिएको हो।

आन्दोलनमा प्रदेश १ का सांसद समेत सहभागी भएका छन्। सांसद आरसी तुम्बाले धनकुटालाई राजधानी घोषणा हुनैपर्ने अडान राखे। उनले ऐतिहासिकताको आधार र पर्याप्त पूर्वाधारको कारण जिल्लालाई राजधानी घोषणा गर्नु पर्ने बताए। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis