Incident Reports

अनशनरत डाक्टर केसीको विरुद्धमा विजय थापाले अनशन थाले

2019-01-11

सामाजिक अभियन्ता एवम् विद्यार्थी विजय थापा अनशनरत डाक्टर गोविन्द केसीविरुद्ध अनशन बसेका छन् । थापापनि केसी अनशन बसेको ईलाम जिल्लामै अनशन बसेको उनका संयोजक पुष्पराज भण्डारीले जनाए ।

थापा अहिले ईलामको लाकुरी चौतारा वडा नम्बर ७ मा अनशन बसिरहेका छन् । तर, उनलाई त्यहाँका स्थानीयवासिन्दा भन्नेहरु डम्बर खड्का र देवी पौडेलले बाहिरको मान्छे आएर अनशन बस्न पाउनुहुन्न भन्दै तत्काल अनशनस्थल छोडेर जान चेतावनी दिएको भण्डारीले जनाए ।

चिकित्सा शिक्षा सुधारसम्बन्धी डा केसीका माग गलत भन्दै थापाले अनशन शुरु गरेका छन् । अधिकांशले केसीका माग विरुद्धमा अनशन शुरु गरेका विजय थापाका माग जायज भएको दाबी गरिरहेका छन् । दुई अनशनकारी पक्षका समर्थक अहिले खुलेरै एकअर्काको विरोधमा उत्रेका छन् ।

डा केसी अनशन बसेको तेस्रो दिन संसदीय समितिद्वारा पारित विधेयकलाई विना परिमार्जन संसद्बाट पारित गरिनुपर्ने माग गर्दै थापाले अनशन शुरु गरेपछि सो स्थिति पैदा भएको हो ।

शुक्रबारबाट अनशनमा रहेका थापाको मागको पहिलो बुँदामै संसद्मा रहेको चिकित्सा विधेयक कुनै पनि हालतमा पास गर्न माग गरिएको छ ।

जनप्रतिनिधिबाट पारित भएको विधेयकलाई पारित हुनुपर्ने, काठमाडौँ उपत्यकाबाहिर देशभरी नै मेडिकल कलेज खोल्ने र खुलाउने वातावरण निर्माण गर्नुपर्नेलगायतका माग थापाले अघि सारेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments