Incident Reports

डाक्टर केसीलाई समर्थन गर्दै धरानमा प्रदर्शन

2019-01-19

Province 1, Sunsari, Dharan

डाक्टर गोविन्द केसीको मागको समर्थन गर्दै शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फ्याकल्टी, जुनियर रेसिडेन्टहरू, अध्ययनरत विद्यार्थीहरूले धरानको भानुचोकमा प्रदर्शन गरेका छन्। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिवपिडीबाट सुरू भएको र्याली भानुचोकमा पुगी कोण सभामा परिणत भई टुंगिएको थियो।

डा केसीका समर्थकहरूले वी आर वीथ जिकेसी , जिकेसीको अनशन माफियालाई टेन्सन, माफियाको मिशन सिटामलमा कमिशन, माफियाको ताँती ओली सरकारका साथी, जनताको स्वास्थ्यमा आखिर राजनीतिक चलखेल कहिलेसम्म लगायत नारा लगाएका थिए।

जुनियर रेसिडेन्ट वल्फेयर सोसाइटिका अध्यक्ष डा कविराज पौड्यालले ३ करोड नेपालीको स्वास्थ्यका निम्ति डा केसीले आफ्नो स्वास्थ्य दाउमा राखेको बताउँदै अब सबैले यस अभियानलाई निर्णायक बनाउन हातेमालो गर्न आह्वान गरे।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीसँग १५ औं अनशन तोड्दा सरकारले गरेका सम्झौता चिकित्सा शिक्षा विधेयक तयार गर्दा उल्लंघन गरिएकोले संशोधन गरी प्रधानमन्त्रीलाई डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न पहलकदमी गर्न उनले ध्यानाकर्षण गराए ।

११ दिनदेखि आमरण अनशनरत डाक्टर केसीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उपचारको क्रममा पनि केसीले अनशन जारी राखेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 28
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments