Incident Reports

प्रहरीद्वारा मारिएका दिपेन्द्रका परिवारद्वारा प्रदर्शन

2019-01-24

Madhes, Saptari, Rajbiraj

प्रहरीको गोली प्रहारबाट मारिएका सुरुङ्गा नपा–६ कडरबोनाका ३० वर्षीय दिपेन्द्र चौधरीका परिवारका सदस्य र साथीहरूले माघ १० गते राजविराजमा प्रदर्शन गरेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएर दिपेन्द्रको हत्या गरेको भन्दै राष्ट्रिय विद्यार्थी सङ्घको व्यानरमा प्रदर्शनकारीले नाराबाजीसहित राजविराजमा प्रदर्शन गर्नुका साथै जिल्ला प्रहरी कार्यालयमा केहीबेर धर्ना दिए ।

सप्तरीको रुपनी चोकदेखि ७ सय मिटर दक्षिण रुपनी–राजविराज सडक खण्डमा प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा माघ ९ गते विहान चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले दावी गर्दै आएको छ । एसपी विष्टका अनुसार मृतकको साथबाट प्रगतिशील तराई मुक्ती मोर्चा केन्द्रिय संयोजक सिजन लेखिएको पर्चा, कटुवा पेस्तोल, सोमा लोड भएको जङ्गी गोली राउण्ड एक, घट्नास्थलमा पड्किएको गोलीको खोका दुई थान र मोवाईल दुई थान फेला परेको छ ।

तर, प्रदर्शनकारीहरूले प्रहरीले नियन्त्रणमा लिएर दिपेन्द्रको हत्या गरेको भन्दै दिपेन्द्रलाई सहिद घोषणा गर्नुपर्ने, घटनाको उच्चस्तरीय छानबिन गर्नुपर्ने, संलग्न दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले सहिद दशन चोकमा टायर बाल्दै कोण सभा समेत गरे ।

चौधरीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । प्रहरीले मुठभेडको नाटक मञ्चन गरी दिपेन्द्रको हत्या गरेको भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन् ।

दिपेन्द्र सशस्त्र गतिविधिमा नलागेको दावी गर्दै उनका बुवा देवनारायण चौधरीले आफ्नो छोरालाई अन्यत्र कतै हत्या गरी रुपनीमा शव ल्याएर मुठभेडको नाटक मञ्चन गरिएको आरोप लगाए ।

मृतकका मामा डाकनेश्वरी नपा–१० बनौलाका शत्रुघ्न चौधरीले नियन्त्रणमा लिएर प्रहरीले दिपेन्द्रको हत्या गरेको आरोप लगाए । अपराध अनुसन्धान गरेर कानुन बमोजिम कारवाही गर्नुपर्ने प्रहरीले स्वयम् अपराध गरेर अन्याय गरेको उनले बताए ।




दिपेन्द्रको पृष्ठभूमि

सुरुङ्गा नपा–६ कडरबोना चोकमा दिपेन्द्रका बुवा देवनारायण चौधरी वेलकम होटल सञ्चालन गरी बसेका छन् ।

कक्षा १० उत्तीर्ण गर्न नसकेका दिपेन्द्रले सुरुङ्गा प्रमाणपुरकी पुनमसँग आठ वर्ष अघि विवाह गरेका थिए ।

विवाहिता पत्नी र काखे छोराछोरीलाई छाडेर दुई वर्ष अघि साली नाता पर्ने एक युवतीलाई लिएर भागेपछि घर फर्किएर नआएको बुवा देवनाारायणले बताए । त्यसअघि उनी पनि होटलमै सहयोग गर्दथे ।

मृतकको बुवा, आमा, एक भाइ, चार दिदीबहिनी, पत्नी, चार वर्षीय एक छोरा र सात वर्षीय एक छोरी छन् ।


मनोहरकुमार पोखरेल


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC , Local Newspaper - Dhanusha

0 Comments