Incident Reports

भरुवा बन्दुक र बारुद सहित पक्राउ

2019-01-27

Bagmati, Makawanpur, Makawanpurgadhi, Ward 2

गढी गाउँपालिका-२ गढी बस्ने ६८ वर्षीय हस्तबहादुर स्याङ्तानलाई भरुवा बन्दुक १ थान र करिब १० ग्राम बारुद सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हस्तबहादुरलाई भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी उक्त बन्दुक सहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Police website , Local Newspaper - Makwanpur

0 Comments