Incident Reports

माइतीघरमा नारा : प्रधानमन्त्री ओली, अर्थहीन भए बोली

2019-01-27

Bagmati, Kathmandu, Kathmandu

अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै विवेकशील साझा पार्टीले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरमा भेला भएका विवेकशील साझाका नेता कार्यकर्ताले नयाँ वानेश्वरसम्म र्‍याली निकाले । र्‍यालीका सहभागीले डा. केसीसँगको सम्झौता पालना गर,प्रधानमन्त्री ओली अर्थहीन भए बोली, ब्यापारीलाई पौस्यौ स्वास्थ्य सेवा खोस्यौ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

र्‍यालीमा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलगायत नेता कार्यकर्ता सहभागी भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औं अनसनमा बसेका डा. केसीको जीवन रक्षा गर्न र उनले राखेका माग पूरा गर्न दबाब दिँदै विभिन्न दल र समूहले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।



  

   


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments