2019-01-31
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस समर्थित पेशागत संघ, संस्थाहरुले आमरन अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्नका लागि तत्काल पहल गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।
ती संघ संस्थाहरुले बिहीबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रर्दशन गर्दै डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका हुन् ।
उनीहरुले डा. केसीसँग गरिएको सहमति विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेको भन्दै सरकारविरुद्ध नाराबाजी पनि लगाएका थिए ।
डा. केसीको माग तत्काल सम्बोधन गरी उनको जीवन रक्षाका लागि पहल गर्न ढिलाई नगर्न पनि कांग्रेस निकट पेशागत संघ, संस्थाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
विरोध प्रर्दशनमा कांग्रेस निकट चिकित्सक, वकील, पत्रकार, मानव अधिकारवादी, बुद्धिजीविलगायत सहभागी थिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | 25 |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD