Incident Reports

ठोरी गाउँपालिकाको केन्द्र सारेको विरोधमा तालाबन्दी

2019-01-31

Madhes, Parsa, Thori

पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुरका बासिन्दाले ठोरी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । मन्त्रिपरिषद बैठकले गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णय गरेको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।

सेवा केन्द्र सारेको जानकारी पाएलगत्तै सुवर्णपुरका बासिन्दाले गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठको विरोधमा नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरुले गाउँपालिकामा तालाबन्दी गरेका थिए । उनीहरुले भोलिदेखि सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

गाउँपालिकामा कार्यरत कर्मचारीले मान्छे लगाएर कार्यालयको कागजात अन्यत्र लैजान लागेपछि स्थानीयले सेवा केन्द्र सरेको जानकारी पाएका थिए । विगतमा सुवर्णपुरबासीले सेवा केन्द्र सार्ने गाउँपालिकाको निर्णयको विरोधमा ६५ दिनसम्म आन्दोलन गरेका थिए ।

माघ १४ गते सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आज जारी गरेको विज्ञप्तीमा पर्साको ठोरी गाउँपालिकाको केन्द्र र वोगटन गाउँपालिकाको नाम परिवर्तन गरिएको जानकारी दिएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis