2019-02-01
Province 1, Morang, Biratnagar
१८ माघ, काठमाडौं । माघ १४ गते मोरङको सुन्दरहरैंचामा ७ वटा टिपरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीले सडक अवरुद्ध पारेका छन् । प्रदर्शनीमा उत्रिएका व्यवसायीलाई प्रहरीले विराटनगर गेटमा रोकेपछि सडक अवरुद्ध गरेका हुन् ।
विराटचोक खोर्सानेबाट विरोध प्रदर्शन गर्दै आएका टिपर व्यवसायीलाई प्रहरीले विराटनगर प्रवेशद्वारको ढाटमा रोकेपछि उनीहरुले करिब दुई सय टिपर सडकमा तेर्स्याएका हुन् । ।
माघ १४ गते सुन्दरहरैचामा टिपरको ठक्करबाट बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि आक्रोशित स्थानीय वासिन्दाले सातवटा टिपरमा आगजनी गरेका थिए । आगजनीको विरोधमा टिपर व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
प्रहरीले रोकेपछि व्यवसायीले सडकमै टिपर राखेर नारावाजी गरिरहेका छन् । प्रहरीले बल प्रयोग गरी विरोध प्रदर्शन गर्न रोकेकाले सडक अवरुद्ध पारेको पूर्वाञ्चल टिपर व्यवसायी संघका कोषाध्यक्ष सन्दीप सिंहले जानकारी दिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Road block |
Primary Cause | Issues related to legal action and access to justice |
Actor 1 - Number of people | 24 |
Actor 1 - Affiliations | Transport entrepreneurs/syndicate |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD