Incident Reports

तस्कर र प्रहरीबीच गोली हानाहान, तीन जना पक्राउ

2019-02-01

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 13

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापु क्षेत्रमा शुक्रवार राति गाँजा तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान भएको छ। उक्त दोहोर गोली हानाहानमा कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ का गणपतिका एसपी खेमबहादुर थापाका अनुसार गोप्य सूचनाका आधारमा गाँजा तस्करलाई पछ्याएका सशस्त्र प्रहरी टोलीमाथि तस्करहरुले दुई राउण्ड गोली प्रहार गरेका थिए। त्यसको जवाफी कारवाहीमा मा सशस्त्र प्रहरीले पनि एक राउण्ड हवाई फायर गरेको गणपति एसपी थापाले बताए। उनले भने,‘ सशस्त्र प्रहरीको तर्फवाट जवाफी फायरिङ्ग भएपछि तस्करहरुको भागाभाग भएका, सोहि क्रममा सशस्त्र प्रहरी टोलीले एक जना भारतीयसहित तीन जनालाई पक्राउ समेत गर्न सफल भएको हो।’  उनीहरुको साथवाट १४÷१४ केजीका दरले ४२ केजी गाँजा समेत नियन्त्रणमा लिईएको गणपति एसपी थापाले बताए।

पक्राउ परेकाहरुमा भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कंकालिनी १४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर राय रहेका छन्। ‘हाम्रो टोलीले घेरा हालेर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो’, गणपतिका एसपी थापाले भने, ‘उनीहरु समुहमै थिए र राति अध्यारोको फाइदा उठाउँदै दुई जना भाग्न सफल भए।’ अहिले पनि उक्त क्षेत्रमा सर्च अभियान चलिरहेको छ।

यता पक्राउ परेका तीनै जना अभियुक्त र नियन्त्रणमा लिइएको गाँजा शनिबार विहानै सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई वुझाएको छ। घटनावारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बताए। चारै तिरवाट कोसी नदिले घेरिएको गोबरगाढा टापु कोसी नदिसँगै भारतीय सिमानासँग समेत जोडिएर रहेको छ। सहज आवत जावतको अवस्था नहुँदा त्यहाँ सम्म प्रहरी लगायत सुरक्षा निकायको पहुँचमा प्रभावकारी देखिदैन। पछिल्लो समय यसैको फाइदा उठाउँदै तस्कर लगायत आपराधिक समुहका व्यक्तिहरुले गोबरगाढा क्षेत्रलाई सेल्टरको रुपमा प्रयोग गर्दै आएको छन।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments