Incident Reports

हतियारसहित धादिङबाट तीन पक्राउ

2019-02-05

Bagmati, Dhading, Gangajamuna

काठमाडाैं - उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका, ५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका, ५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन् । उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिए । विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शङ्का लागि खानतलासी गर्दा उनीहरु हतियारसहित पक्राउ परेका हुन् । उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने जनाइएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूले धादिङमा बहाल रहेको अवधिमा प्राप्त गरेको भत्तावापतको ४१ हजार ३९९ जिल्ला लैङ्गिक हिंसा निवारण कोषलाई हस्तान्तरण गर्नुभएको छ ।

National/Online Media , Local Newspaper - Dhading

0 Comments