Incident Reports

रुकुम पूर्व विवाद : गोल्खाडामा शक्ति प्रदर्शन, रुकुमकोटमा निषेधाज्ञा

2019-02-06

Lumbini, Rukum East, Putha Uttarganga

रुकुम– रुकुम (पूर्व)को सदरमुकाम गोल्खाडा बनाउने सरकारको निर्णय कार्यान्वयनको माग गर्दै जिल्लाको पूर्वी क्षेत्रका स्थानीयहरुले शक्ति प्रदर्शन गरेका छन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय अनुसार पुथा उत्तरगंगा गाउँपालिका–१२ को गोल्खाडामा सदरमुकामको केन्द राख्ने निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै उनिहरुले गोल्खाडामा शक्ति प्रदर्शन गरेका हुन। 

करिब ६ हजार स्थानीयले नारा जुलुस सहित गोल्खाडामा शक्ति प्रदर्शन गरेको यहाँका स्थानीय ध्रुव पुनले जानकारी दिए। एक वर्षदेखि सर्वाेच्चमा बिचाराधिन अवस्थामा रहेको मुद्दा आफ्नो पक्षमा फैसला हुने भन्दै उनीहरुले चर्काे नाराबाजी समेत गरेका थिए। नयाँ जिल्लाको सदरमुकाम सबैलाई पायक पर्ने ठाउँमा हुनुपर्ने उनीहरुको माग थियो। शक्ति प्रदर्शन पछिको कोणसभालाई जिल्लास्थरका नेता पुणीराज घर्ति, जीतमान पुन लगायतले सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा सरकारको निर्णय कार्यान्वयनका लागि दबाव दिनु पर्ने र अदालतमा बिचाराधिन मुद्दा आफ्नै पक्षमा फैसला हुने आशा व्यक्त गरेका छन्। 

उनीहरुले सरकारी निर्णय कार्यान्वायनको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छन्। नेता पुणीराज घर्तिका अनुसार, कोण सभापछि झण्डै ६ हजारको संख्यामा रहेका स्थानीयवासी नारा जुलुसहित रुकुमकोटतर्फ प्रस्थान गरेका छन्। जनमास प्रदर्शनसहित रुकुमगाडसम्म पुग्ने र प्रतिनिधिहरु जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाउने गरी तयारी गरिएको घर्तीले जानकारी दिए। प्रदर्शन गर्दै स्थानीयहरु मंगलबार भुमे गाउँपालिका सम्म पुगेका छन्।

रुकुमकोटमा निषेधाज्ञा कायमै 

यता रुकुमकोटमा जिल्ला प्रशासनले आइतबार साँझबाट लगाएको निषेधित कायमै छ। सदरमुकामको विवाद चुलिदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आइतबार साझ ७ बजेबाट अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो। प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले निशेधाज्ञा कायमै रहेको जनाए। सदरमुकाम लागी रुकुमकोटका र गोलखाडाबासीले आ–आफ्ना आन्दोलनका कार्यक्रमहरु गर्न नछोड्ने अडान लिएपछि चार किल्ला तोकी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

रुकुमकोटको चार किल्लामा कुनै पनि किसिमका सभा, जुलुस, भेला तथा प्रदर्शनका कार्यक्रमहरु गर्न गराउन निषेध छ। प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ को धौलापहिरा, पश्चिममा सोहि गाउँपालिका ५ को रानिकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ को रुकुमगाड हुँदै धाउनेको पारीघट्ट र दक्षिणमा सिस्ने गाउँपालिका ५ को सहिदपार्क हँुदै रुमालबारासम्म निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रजिअ शर्माले बताए।

सदरमुकामको विषयलाइ लिएर रुकुमकोट र रुकुमकोट आसपासका नागरिकहरु पनि आन्दोलित छन्। रुकुमकोट पक्षधरहरु रुकुमकोटबाट सदरमुकाम नसार्न आन्दोलित छन् भने गोलखाडाबासी भने सरकारले रुकुम पूर्वको सदरमुकाम सार्नलाई गरेको निर्णय कार्यन्वयनको लागि सक्रिय छन्।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis