Incident Reports

अछाममा भरुवा बन्दुक सहित एकजना पक्राउ

2019-02-14

Sudurpashchim, Achham, Turmakhad, Ward 3

अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पदमबहादुर बुढालाई विना लाइसेन्सको भरुवा बन्दुक घरमा लुकाएर राखेको भन्दै बन्दुकसहित सोमबार उनलाई जिल्ला प्रहरीले पक्राउ गरेको हो ।

बन्दुक सहित भरुवा बन्दुक बनाउन मिल्ने खाली पाँच थान नाल समेत प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बिनायकको हिरासत कक्षमा राखिएका बुढालाई थप अनुसन्धानका लागि मंगलबार जिल्ला प्रहरी कार्यालय मंगलसेनमा ल्याइएको प्रहरी प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए ।

National/Online Media

0 Comments