Incident Reports

चर्पी निर्माणको विषयमा विवाद हुँदा एक महिला घाइते

2019-02-19

Lumbini, Rukum East, Putha Uttarganga, Ward 11

जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ मा निर्माणाधीन भवनको चर्पीको विषयमा विवाद हुँदा निर्माण उपभोक्ता समितिकी महिला सदस्य घाइते भएकी छिन् । गत आइतबार बिहान ११ बजेतिर वडाअध्यक्ष जयकुमार बुढा र निर्माण उपभोक्ता समिति सदस्य जयपुरी बुढाबीच विवाद हुँदा वडाअध्यक्षले आफूमाथि  हातपात गरेको जयपुरीले आरोप लगाएकी छिन् ।

गाउँपालिकाको ५ लाख बजेटमा निर्माण भइरहेको महिला भवनको चर्पीको खाल्डो स्टमेट अनुसार नभएको वडाअध्यक्षको बताएका थिए । छलफलका क्रममा वडाअध्यक्षले एक्कासी हेल्मेटले टाउकोमा हानेर हानेको जयपूरीको आरोप छ। आक्रमणबाट टाउको र अनुहारमा चोट लागेपछि अहिले रुकुमकोटमा रहेको अस्पतालमा उपचार भइरहेको उनका दाइ लक्ष्मण बुढा मगरले जानकारी दिए।

 वडाअध्यक्ष जयकुमार बूढाले भने आफूले कसैलाई पनि आक्रमण नगरेको स्पष्टोक्ति दिएका छन् ।  प्राविधिक स्टमेटअनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठाको चर्पी निर्माण गर्नुपर्ने र खाल्डो पनि गहिरो हुनुपर्ने भएपनि त्यसो हुन नसकेकोमा आपत्ति जनाउँदा विवाद भएको उनले बताए । विवादका क्रममा उपभोक्ता समितिका पदाधिकारीहरुले उल्टै आफूमाथि ढुंगामुढा गरेको र आफू जोगिन खोज्दा कसैलाई धकेलिएको हुनसक्ने तर कुटपिट नगरेको उनले  दाबी गरे । 

यो विवाद इलाका प्रहरी कार्यालय तकसेरा हुँदै हाल जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वसम्म पुगेको छ । पीडित महिलाले आफूमाथि योजनाबद्ध आक्रमण भएको भन्दै क्षतिपुर्तिको माग गरेकी छिन् । वडाअध्यक्षले उपभोक्ता समितिको मनपरीमाथि सरकारको तर्फबाट अनुगमन गर्दा उल्टै आक्रमण भएको भन्दै उक्त घटना अस्विकार गरेका छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments