Incident Reports

पत्रकार साहलाई अपरिचित व्यक्तिको समूहद्वारा कुटपिट

2019-02-22

Madhes, Rautahat, Gaur, Ward 8

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष गौर नपा-५ का ४० वर्षीय रविन्द्र साहलाई फागुन १० गते राति अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गरी घाइते बनाएको छ ।

गौर नपा-८ स्थित कविर चोकमा साँझ ७:३० बजेको समयमा पान खाइरहेको अवस्थामा हतियारसहित आएका ३-४ जनाको अपरिचित व्यक्तिहरूको समूहले लाठी, रडलगायतका हतियार प्रहार गरी घाइते बनाएको अध्यक्ष साहले बताए ।

आक्रमणबाट साहको दाहिने हात भाँचिनुका साथै शरीरमा चोटपटक लागेको छ । घाइतेको प्राथमिक उपचार गौर अस्पतालमा गरेपछि थप उपचारका लागि बीरगञ्ज रिफर गरिएको साहकी पत्नी रश्मी पटेलले बताइन् । साहलाइ नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले फागुन ६ गते निलम्वन गरेको थियो ।


कोपिला तिमल्सिना


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC , Local Newspaper - Rautahat

0 Comments