Incident Reports

ललितपुरमा नेपाल टेलिभिजनको गाडी तोडफोड

2019-03-07

Bagmati, Lalitpur, Lalitpur, Ward 3

ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित बखुण्डोल जाने बाटोमा नेपाल टेलिभिजनको बा १ ञ १९९८ नम्बरको गाडी तोडफोड भएको छ।

प्रहरीले तोडफोडमा संलग्न ३ जनालाई बिहीबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं तिनकुने सुबिधानगर बस्ने सुर्खेत घर भएका २३ वर्षीय क्षितिज देबकोटा, ललितपुर पुल्चोक नटवल घर भएका १९ वर्षीय निश्चल श्रेष्ठ र ललितपुर कुमारीपाटी बस्ने दाङ तुलसीपुर घर भएका २० वर्षीय सचिन चौधरी छन्।

नेपाल टेलिभिजनको गाडीको अगाडिको शिशा फुटाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले तोडफोडमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments