2019-03-10
Sudurpashchim, Baitadi, Patan
शनिबार विमानस्थल कालोपत्रे गर्ने ग्रेडरले किचेर एकजना विद्यार्थीको ज्यान गएको घटनालाई लिएर बैतडीको पाटन बजार तनावग्रस्त भएको छ । विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् ।
ग्याल्वा च्यामलिंगा जगदम्बा जेभी निर्माण कम्पनीको ग्रेडरले किचेर शनिबार पाटन नगरपालिका-२ का पूर्णानन्द पाण्डेयको ज्यान गएकाे थियाे । विद्यार्थी आन्दोलनका कारण पाटन बजार बन्द हुनुका साथै यातायात पनि पूर्ण रुपमा प्रभावितभएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पीडित पक्षसँग पाटन नगरपालिका प्रमुख, स्थानीय प्रहरीले छलफल गरिरहँदा आन्दोलित विद्यार्थीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्नुको साथै अश्रुग्यास समेत छोडेको थियो ।
विद्यार्थीहरुले भने शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरीको लाठीचार्जबाट विद्यार्थी घाइते भएको दाबी गरेका छन् । पीडित पक्ष र प्रशासनबीच पीडितका परिवारलाई दश लाख क्षतिपूर्ति दिने, बिमाबाट पाउने रकम उपलब्ध गराउने र चालक माथि कारवाही गर्ने सहमति भएको प्रहरीले दाबी गरेको छ ।
विद्यार्थी आन्दोलनका कारण बैतडी, दार्चुलाबाट आउने सबै सवारी साधन पाटन क्षेत्रमै रोकिएका छन् । पाटन बजार र स्थानीय शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Collective |
Primary Form | Group Clash |
Weapons | None |
Primary Cause | Extra-judicial response to traffic accidents |
Actor 1 - Number of people | 20 |
Actor 1 - Affiliations | Students |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 20 |
Actor 2 - Affiliation | Police |
Actor 2 - Youth | unknown |
Total Injured | 2 |
Youth Injured | 2 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD