Incident Reports

गोलिकाण्डमा निर्दोष कार्यकर्तालाई फसाएको भन्दै प्रदर्शन

2018-11-19

Madhes, Sarlahi, Malangawa

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) सर्लाहीका नेताहरुले रामनगर गाउँपालिका -४ बहुअवॉमा भएको गोलि काण्डमा आफ्नो पार्टीको निदोॅष कार्यकर्तालाई फसाएको भन्दै सोमबार सदरमुकाम मलंगवामा बिरोध प्रदर्शन गरेको छन्। हजारौको संख्यामा आएको नेता तथा कार्यकर्ताले निर्दोष उपरको झुठो मुद्धा हटाउनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने लगाएतका माग राख्दै आन्दोलन गरेको हुन्।

नगर परिक्रमा गरी जिल्ला विकास चोकमा सोमबार सदरमुकाम मलंगवास्थित जिविस मैदानमा आयोजित सभालाई सम्वोधन गर्दै नेकपाका नेताहरु शिवपुजन राय, रामेशोवर राय, राजनारायण साह, अच्यूतम काफ्ले, नीतृ अनिता देवी लगायतले वास्तविक हत्यारलाई पत्ता लगाइ कारवाही गर्न दबाब दिएका हुन्। उनीहरुले आफ्नो निर्दोष कार्यकर्ता उपर लगाएको मुद्धा फिर्ता गर्नुपर्ने, कार्यकर्ताको घरमा भएको लुटपाटको क्षतिपूर्ति दिनुपर्ने, उच्चस्तरिय छानबिन समिति गठन गर्नुपर्ने माग राखेको छन्।

 गत कार्तिक १३ गते जिल्लाको दक्षिण पश्चिमभेगमा पर्ने रामनगर गाउँपलिका - ४ बहुअवॉ गाँउमा कांग्रेस र नेकपाका कार्यकर्ताबीच दोहोरो झडप हुँदै एकजनाको मृत्यु हुनुका साथै केहि मानिस घाइते र दर्जन बढी घरमा तोडफोड भएको थियो। प्रदर्शनको क्रममा नेकपाका नेता कमल बुढाथोकीले गोलीकाण्डलाई राजनीतिक रुप दिएर आफ्नो पार्टीको एक दर्जन निर्दोष कार्यकर्ताको घरमा लुटपाट गरिएको आरोप लगाएका छन्।

झडपमा आफ्नो कार्यकर्ता रामविलास महतो मारिएको विरोधमा आन्दोलित भएको काँग्रेस सर्लैहीले मृतकको परिवारलाई सरकारले दश लाख रूपया राहत रकम उपलब्ध गराएपछि आन्दोलन फिर्ता लिइसकेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Bara

0 Comments