Incident Reports

सुपर लेमिकोट्सका मजदुरहरु आन्दोलित

2018-12-24

Bagmati, Makawanpur, Hetauda, Ward 8

हेटौंडा/नेपाल सरकारले वृद्धि गराएको तलव नपाएको भन्दै हेटौंडा-८ स्थित सुपर लेमिकोट्स प्रालिका मजदुरहरु आन्दोलित भएका छन् ।

सरकारले वृद्धि गराएको ३ हजार ७ सय कम्पनीले दिन अस्वीकार गरेपछि सोमबारबाट उत्पादन ठप्प गरी आन्दोलन सुरु गरेको मजदुर तथा वार्ता टोलिका संयोजक रामकृष्ण ढकालले बताउनुभयो। गत मंसिर २० गते मजदुर र कम्पनी पक्षबीच भएको वार्तामा कम्पनी व्यवस्थापनले पौष ५ गतेसम्म माग पुरा हुने जनाएको थियो । ढकालका अनुसर सम्झौता वेवास्ता गर्दै कम्पनी अघि बढेपछि आन्दोलन गर्न बाध्य भएको हो। वृद्धि तलव कार्यान्वयन गर्ने समयसिमा हिजो सकिएकाले आजबाट उत्पादन नै रोक्का गरी आन्दोलन गर्नु परेको उनले बताए । कम्पनीले माग पुरा नगरेसम्म आन्दोलन जारी रहने जनाईएको छ । हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको सुपर लेमिकोट्स प्रालिमा ४५ जना मजदुर कर्मचारी रहेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 45
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments