Incident Reports

'न्याय माग्दा गाउँ 'अध्यक्षबाटै कुटिएँ'

2019-03-01

Madhes, Siraha, Laxmipur Patari, Ward 2

 सिरहा, फागुन १७। एक स्थानीय कुटिएका छन् । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-२ पर्सा पोखरभिण्डाका विष्णुदेव यादब गाउँपालिकाका अध्यक्ष रामबल्लव साहबाटै कुटिएका छन् ।  

आफ्नो पसलमा चोरी भएको गुनासो लिएर गाउँपालिका पुग्दा कुटिएको बताइएको छ ।

पीडित यादवलाई गापा अध्यक्ष साहले सुरुमा आफ्नै हात हाले पनि पछि सहयोगीमार्फत कार्यालयबाट हात र लातले कुट्दै बाहिर निकालेको उनले आरोप छ । उनको अनुहार र आँखामा चोट लागेको छ ।

गत बुधबार (८ गते) यादवको मदिरा पसलमा चोरी भएको थियो । पसल बन्द गरेर घरमा खाना खान जाँदा चोरले पसल फोडेर चोरी गरेको पीडित यादवले सुनाए । यता, गापा अध्यक्ष साहले आफूले कुटपिट नगरेको दाबी गरेका छन् ।

यादवले जोडले बोल्न थाले पछि कार्यालयबाट सहयोगी लगाएर बाहिर निकालेको उनले स्वीकार गरे । उनको पसलमा भएको यो चोरी आठौं पटक हो।।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments