Incident Reports

श्रीमान विदेशमा रहेकी महिलालाई यातना

2018-11-20

Province 1, Sunsari, Koshi, Ward 8

सुनसरीको कोशी गाउँपालिका ८ हरिपुरमा पाहुना आएकी मनिता खत्वे लगायतकाले मंगलबार दलित महिला बुचियादेबि खत्वेलाई यातना दिएको खुलेको छ।

खत्वेलाई पटकपटक चरम यातना दिएको भएपनि न्यायिक क्षेत्रमा जान नसकेको पीडितको गुनासो छ। कोशी गाउँपालिका ८ भण्टाबारीमा यी दलित महिलालाई समाज लगायत पारिवारका सदस्यहरूले पटकपटक चरम यातना दिदा पनि न्यायको द्वार खुल्न नसकेको अधिकारकर्मी सिवेन्द्र कर्णले बताए ।तीन वर्ष देखि श्रीमान् वैदेशिक रोजगारमा रहेको बेला विभिन्न निहुमा तीन सन्तानकी आमा बुचिया देवि खत्वेलाई आफ्नै जेठाजु, सासु, जेठानी लगायतका सदस्यहरुले तीन वर्ष न बित्दै पाँचौ पटक चरम यातना दिएका छन । मेरो जेठाजु पैसा र पहुच बाला व्यक्ति भएको हुनाले प्रहरी प्रसाशनले मेरो उजुरी मान्दैन र झन मलाई नै हकारेर गाली गरेर पठाउने गरेकाले उजुरी लिएर जान अडेको पीडितको गुनासो छ। प्रहरीले भने सो घटनाको बारेमा केही उजुरी नआएको प्रतिक्रिया दिएका छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Local Newspaper - Sunsari

0 Comments