Incident Reports

भाडा मिलाउन गएका नगरका कर्मचारी चालकद्वारा कुटिए

2019-03-20

Karnali, Dolpa, Tripurasundari

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा जीप र ट्याक्टर चालकले नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेका छन् ।हाल डोल्पाको खदाङ-छलगाड सञ्चालनमा रहेका जीप र ट्याक्टरको भाडा व्यवस्थापनमा पुगेका नायव सुब्बा हिराचन्द्र धरलालाई चालकले कुटपिट गरेपछि धराला शक्त घाइते भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ।

सामूहिक आक्रमण गर्ने चालक रुकुम जिल्ला आठबिसकोट नगरपालिका- ९का जीवनसिंह रावत,११ का नबिन नेपाली,६का गोपाल बोहोरा,जाजरकोट नलगाड नगरपालिका ७ का प्रदिप बुढाथोकी,१२ का महेन्द्र विकलाई बुधबार रातिनै प्रहरीले पक्राउ गरिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायब निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।

घाइते धरलाको टाउकोमा गम्भीर चोट लागेकाले प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज लगिएको धरालाकी श्रीमती मुनादेवी बोहोराले जानकारी दिइन्। नासु धरला र अर्का कर्मचारी खड्कसिंह कठायत बुधबार साँझ खदाङ्बाट त्रिपुराकोट आउने क्रममा सिउरेनी बजारमा गाडीको भाडा घटाउने विषयमा ड्राइभरसँग विवाद भएपछि झडप भएको प्रहरी नायव उपरीक्षक अवदेश बिष्टले जानकारी दिए ।

धरलाले खदाङ् त्रिपुराकोटसम्म ५ सय भाडा महंगो भएकाले चारसय भाडामात्रै लिनपर्ने बताएपछि भाडा घटाउने तँ को होस् भन्दै जीप र ट्याक्टर चालकले सामूहिकरुपमा आक्रमण गरेका थिए।

घटनामा संलग्न मुख्य योजनाकार प्रेम विकसहित दुईजना फरार रहेको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।बिहीबार खदाङ-त्रिपुराकोट खण्डमा गाडी चलाउने आधादर्जन चालक नियन्त्रणमा राखेर हिरासतमा राखेपछि सो खण्डमा यातायातसेवा बन्द भएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments