Incident Reports

ब्रोइलर कुखुरापालक किसानद्वारा विरोध र्याली

2018-11-21

Lumbini, Rupandehi, Butwal

अठार सय ग्राम तौलभन्दा माथिको जिउँदो कुखुरा बजारमा यथासिघ्र प्रतिबन्ध लगाउन माग राख्दै बुधबार बुटवलमा लुम्बिनी ब्रोइलर कुखुरा पालक किसान संघले विरोध र्याली निकालेको छ । विश्व स्वास्थ्य संगठनले १८ सय ग्रामभन्दा माथिको जिउँदो कुखुरा मानव स्वास्थ्यका लागि हानिकारक भएको प्रमाणीत गरेतापनि बजारमा सरकारले त्यस्ता कुखुराहरूमाथि प्रतिबन्ध लगाउन नसकेको भन्दै संघले मंगलबार दिउँसो पुस्पलालपार्कमा विरोध -याली निकालेको हो ।

मापदण्ड भन्दा अधिक तौल भएका कुखुराहरू अधिकांस भारतबाट आयात हुने भएकाले यसको यथासिघ्र अनुगमन गरी प्रतिबन्ध लगाउनसमेत किसानहरूले माग राखेका छन् । विरोध र्यालीपश्चात् संघले कमलकान्त गौतमका अध्यक्षतामा प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । नौ बँदे ज्ञापनपत्र बुझाउँदै कार्यक्रमका अध्यक्ष गौतमले बजारमा अस्वस्थ कुखुराहरूको अयातलाई रोकेर उत्पादित कुखुराको नुनतम मूल्य निर्धाण गर्दा कृषक, प्रकासक, उपभोक्ता र मासु व्यवसायीको समन्वयमा वैज्ञानीक ढंगबाट निर्धारण गर्न माग राख्नुभयो ।

प्रदेश नं ५ भूमि सुधार, कृषि तथा सहाकारी मन्त्रालयका उपसचिव श्रीकृष्ण नेपालमार्फत ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा ब्रोइलर कुखुरा पालक किसानहरूको तथ्याङ्क संकलन गर्नुपर्ने, कोल्डस्टोरको व्यवस्था हुनुपर्ने, दाना कम्पनीहरूले दानाको गुणस्तर उल्लेख गर्नुपर्ने, किसानहरूलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कुखुराको बजार मूल्य र गुणस्तरको निरीक्षण गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने तथा भारतीय चल्ला उत्पादन गर्ने अण्डामा निगरानी राखिनुपर्नेलगायतका मागहरू समेटिएको छ । ज्ञापनपत्र बुझ्दै उपसचिव नेपालले किसानको मागप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ । उहाँले किसानहरूलाई मर्कामा पर्न नदिन सरकारले नियमित अनुगमनका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता गर्नुभयो । उपसचिव नेपालले ब्रोइलर कुखुरा पालक किसानहरूको मागलाई यथासिघ्र सम्बोधन गर्न आवश्य संयन्त्र खडा पार्ने आश्वासन दिनुभयो । । मेघबहादुर थापाको संयोजकत्वमा भएको सो विरोध-यालीमा देव थापामगर, त्रिभुवन पासवान, सत्यनारायण धवल, सुमन काफ्ले र चिनगुद थारूलगायतले बोल्नुभएको थियो । कार्यक्रम अच्युत कँडेलको संचालनमा भएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments