Incident Reports

भरुवा बन्दुकसहित एक जना पक्राउ

2018-11-22

Karnali, Surkhet, Barahtal, Ward 5

प्रहरीले भरुवा बन्दुकसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ। बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका-५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो। 

बारीमा लुकाएर राखेको काठ र फलामले बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। पुलामीलाई हातहतियार खरखजना मुद्दाअन्तर्गत कारवाही गरिने उनले बताए।

0 Comments