Incident Reports

विद्यालयमा अभिभावकद्वारा तालाबन्दी

2018-12-10

Lumbini, Kapilbastu, Banganga, Ward 11

हेमराज उच्च मावि हथौसाका प्रधानाध्यापकले मनोमानि गरेको भन्दै अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका ११ मा अवस्थित हेमराज उच्च माविका प्रधानाध्यापक तुल्सिराम यादवले विद्यालयमा आफ्नो एकलौटि शासन चलाउन खोजेको आरोप लगाउँदै अभिभवाक जम्मा भई प्रधानाध्यापकको कार्यकक्षमा ताला लगाएका हुन् ।

विगत ५ वर्षदेखि विद्यालयमा विद्यालय व्यवस्थापन समिती गठन नगरेको र व्यवस्थापन समितीले गर्ने काम आफ्नो नेतृत्वमा गैरजिम्मेवारी निर्णय गरेकाले तालाबन्दि गरेको अभिावक श्यामकुमार गुप्ताले बतायनुभयो । पटकपटक अभिभावकले विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने, लेखापालको नियुक्ति गर्नुपर्ने, आर्थिक कारोबार पारदर्शी रूपमा लेखाजोखा गर्नुपर्ने मागसहति ज्ञापनपत्र बुझाएपनि त्यसको सुनुवाई नभएपछि अहिले तालाबन्दी गर्न बाध्य भएको अभिभावक रवि काफ्लेले गुनासो गर्नुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Local Newspaper - Rupandehi

0 Comments