Incident Reports

विषयगत शिक्षकको माग राख्दै विद्यालयमा तालाबन्दी

2018-11-04

Lumbini, Kapilbastu, Kapilbastu, Ward 9

कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुर स्थित श्री कनकमुनि माविमा अध्ययनरत विद्यार्थीहरूले विद्यालयमा विषयगत शिक्षकको माग गर्दै विरोध जनाएका छन् । विद्यालयको शैक्षिक गुणस्तरमा विषयगत शिक्षकको अभावमा कक्षा संचालन भइरहेका बेला विद्यार्थीहरूले विषयगत शिक्षकको माग राख्दै आइतबार वडा कार्यालय परिसरमा धर्ना दिंदै केही समयका लागि तालाबन्दीसमेत गरेका हुन् ।

वडा अध्यक्ष शिवबहादुर वाग्लेले समस्याको यथाशीघ्र समाधान गर्ने विद्यार्थी समक्ष प्रतिबद्धता जनाएका छन् । वडा अध्यक्षले प्रतिबद्धता जनाएपछि आक्रोशित विद्यार्थीहरूले वडा कार्यालयमा लगाएको ताला खोलेका छन्। वडा कार्यालयको ताला खोलेसँगै उनीहरूले विद्यालयमा पनि ताला लगाएका थिए। विद्यालयमा प्रविधिक शिक्षा लागु गरिए पनि सो विषय अनुसारको विषय शिक्षक नभएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् । विद्यालयमा समस्या सृजना हुँदा पनि विद्यालयका प्रधानाध्यापक भने विद्यालयमा उपस्थित नभएको विद्यार्थीहरूले बताएका छन् । साथै उनीहरूले आफूहरूका माग पूरा नभए सम्म आन्दोलन जारी रहने सोही विद्यालयमा अध्ययनरत विद्यार्थी रीता पौडेलले बताएकी छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments