Incident Reports

तलबको माग गर्दै आन्दोलन

2019-03-26

Madhes, Dhanusha, Janakpur

जनकपुरधामलाई सरसफाइ गरेर चिटिक्क पार्ने जिम्मेवारी पाएका मजदूरहरु तलबको माग गर्दै आन्दोलित बनेका छन् । जनकपुर उपमहानगरपालिकाले २ महिना यता तलब नदिएपछि उनीहरु काम रोकेर आन्दोलित बनेका हुन् । तलबको बारेमा मेयर लालकिशोर साहलाई जानकारी गराउँदा उनले उल्टै दुर्व्यवहार गर्दै गालीगलौज गरेको आरोप मजदूरहरुले लगाएका छन् । उनीहरुले मेयर साहले माफी माग्नुपर्ने र २ महिनाको तलब भुक्तानी गर्नुपर्ने माग राखेका छन् । सफाइ मजदूर अजय मेस्तरले आफूहरुलाई एक महिनादेखि तलब उपलब्ध गराउने आश्वासन दिएपनि हालसम्म तलब नदिई मेयर साहले उल्टै गाली गलौज गरेकाले तत्काल माफी माग्नुपर्ने र तलब उपलब्ध गराउनुपर्ने माग राखेको जानकारी दिए । यता उपमेयर रिता झाले सफाइ मजदुरको समस्या छिट्टै नै समाधान गरिने भन्दै काममा फर्किन आग्रह गरिन् । संघीय सरकारले करार तथा ज्यालादारीमा कर्मचारी भर्ना गर्न स्थानीय निकायलाई पत्राचार गरेपछि यस्तो समस्या आएको उपमेयर झाको भनाई छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments