Incident Reports

राष्ट्रिय झण्डा बदल्न माग गर्दै नाराबाजी

2019-01-02

 राष्ट्रिय भण्डा  बदल्नुपर्ने र संविधान पुनर्लेखन हुनुपर्ने  माग गर्दै धरानमा नाराबाजी गरिएको छ। ३० औं मंगोल दर्शन स्थापना दिवसको अवसरमा धरानमा मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङ पाटी (एमएनओ-डा. गोपाल गुरुङ) ले नेपालको राष्ट्रिय झण्डा - बदल्नुपर्ने र संविधान पुनर्लेखन गर्नुपर्ने माग गर्दै व्याली निकालेको हो।

३० वर्ष अगाडी मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक डा. गोपाल गुरुङले जेलमा हुँदा नै मंगोल समुदायलाई राजनीतिक चेतनशिल बनाउदै मंगोल राष्ट्रवाद दर्शन सार्वजनिक गरेको दिन जनवरी फस्टमा मंगोल दर्शन दिवसको रुपमा मनाउदै आएको छ। मंगलबार धरानमा पनि (एमएनओ-डा. गोपाल गुरुङ) याली निकालि बजार परिक्रमा गर्दै नेपालको संविधानलाई षडयन्त्रकारी संविधान भन्दै पुनर्लेखनको माग गरेको छ। त्यस्तै गरी नेपालको राष्ट्रिय झण्डालाई समेत अराष्ट्रिय भन्दै बदलीको माग गरेको छ। भ्यालीले ‘आदिवासी/जनजाती-ठग जमात हो', 'पूर्ण धर्मनिरपेक्षता-लागु गर', । 'संविधानमा मूलबासी मंगोल लेख । जस्ता नारा लेखिएको प्लेकार्ड सहित धरान बजार परिक्रमा गरेको थियो। याली धरानको भानुचोकमा आएर कोणसभामा परिणत भएको थियो। कोण सभालाई एमएनओ-डा. गोपाल गुरुङ पाटीका इटहरी नगर अध्यक्ष अमृत मगर, धरान नगर अध्यक्ष लोकबहादुर राई र केन्द्रीय सदस्य शक्ति चाम्लिङले सम्बोधन गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Other religious denomination
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments