Incident Reports

पेस्तोल सहित पक्राउ परेका युवा सार्वजनिक

2018-11-19

Province 1, Sunsari, Dharan

इलाका प्रहरी कार्यालय धरानले शुक्रबार धरानको तिनकुने चेकपोष्टबाट पक्राउ गरेको एक युवालाई आइतबार सार्वजनिक गरेको छ। प्रहरीले पत्रकार सम्मेलन गरी सुनसरीको मधुवन-९ का ३५ वर्षीय श्यामदेव यादवलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका यादवको साथबाट १ थान पेस्तोल, खाली म्यागजिन १ थान र पस्तोलमा लोड भएको अवस्थामा १ राउण्ड गोलीफेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमनकुमार तिम्सिनाले बताएका छन् । प्रहरीका अनुसार धरानबाट इटहरीतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो। को २८ प ७१७४ नम्बरको स्कुटरमा जाँदै गर्दा धरान-८ स्थित तीनकुने प्रहरी पोष्टबाट पक्राउ गरिएको डिएसपी तिम्सिनाको भनाई छ। उनले पेस्तोल कम्मरमा बाँधेका थिए भने खाली म्यागजिन पेन्टको बायाँ गोजीमा लुकाएको अवस्थामा प्रहरीले फेला पारेको थियो । गोप्य सूचनाको आधारमा पक्राउ परेका यादव हतियार कारोबारी भएको डिएसपो तिम्सिनाले बताए । उनलाई हातहतियार खरखजना अन्तर्गतको मुद्दामा आइतबार म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अनुसन्धामा बाधा पुग्ने भन्दै यसअघि उनको नाम प्रहरीले गोप्य राखेको थियो ।

0 Comments