Incident Reports

प्रश्नपत्र बाहिरिएको विरोधमा रौतहटमा विद्यार्थीको प्रदर्शन

2019-03-29

Madhes, Rautahat, Gaur

एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरुले रौतहटमा प्रदर्शन गरेका छन् ।

विज्ञान विषयको प्रश्नपत्र आउट भएलगत्तै बिहीबार पुनः सामाजिक विषयको पनि प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरुले त्यसको विरोधमा रौतहतको चन्द्रनिगाहपुरमा प्रदर्शन गरेका हुन् ।

सडकमा निस्केका आक्रोसित विद्यार्थीहरुले  संघका शिक्षामन्त्री गिरिराजमणि पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग्दै नाराबाजी गरेका थिए । विद्यार्थीले टायर बालेर पूर्व–पश्चिम राजमार्गमा गरेको प्रदर्शनले केहीबेर सवारी आवागमन प्रभावित बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले केहीबेर विद्यार्थीको प्रदर्शनले सडक अवरुद्ध बने पनि अहिले सञ्चालनमा आएको जनाएको छ ।

प्रदेश २ मा एकपछि अर्को प्रश्नपत्र बाहिरिएपछि परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना नसेलाउँदै सामाजिक विषयमा पनि त्यही क्रम दोहोरिएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments