Incident Reports

नेविसंघका कार्यकर्ताबाट पत्रकार कुटिए

2019-03-29

Province 1, Morang, Sundarharaicha

नेपाली कांग्रेससमर्थित नेविसंघका कार्यकर्ताले मोरङको सुन्दर हरैंचामा शुक्रबार बिहान एकजना पत्रकारलाई निर्घात कुटपिट गरेका छन् ।

स्थानीय सुकुना बहुमुखी क्याम्पसको विवादलाई लिएर शुक्रबार बिहान नेविसंघले जुलुस प्रदर्शन गरेको थियो । सडकमा निस्किएको जुलुसको तस्वीर खिच्दै गर्दा नेविसंघका क्षेत्रीय सभापति होमनाथ पोखरेलको टोलीले स्थानीय पत्रकार निकेश बरालमाथि निर्घात कुटपिट गरेका हुन् ।

बेलबारीबाट प्रकाशित हुँदै आएको उज्यालो प्रदेश डटकम अनलाइनका रिपोर्टर बरालको टाउको र हातमा चोट लाग्नुका साथै स्मार्ट फोनमा समेत क्षति पुगेको छ । उनलाई अन्य सञ्चारकर्मीले उद्धार गरेर उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगेका छन् ।

रिपोटिङका क्रममा तस्वीर खिच्दै गर्दा पत्रकार हो भनेर चिनेपछि पोखरेलको निर्देशनमा ५/६ जना नेविसंघका कार्यकर्ताले आफूलाई कुटपिट गरेको निकेशले अनलाइनखबरलाई बताए ।

नेवि संघको उच्च स्रोतका अनुसार पत्रकारमाथि गुण्डागर्दीमा उत्रिएका पोखरेलले आफूलाई नेविसंघको क्षेत्रीय सभापति भन्ने गरे पनि उनको कार्यकाल पूरा भइसकेको छ । केन्द्रमा समेत नेविसंघ नेतृत्वविहीन अवस्थामा छ ।

यसैवीच, तीन दिनअघि सुकुना बहुमुखी क्याम्पसमा ज्ञापनपत्र बुझाउन जाँदा क्याम्पस प्रशासन र नेकपाका कार्यकर्ताहरुको मिलेमतोमा नेवि संघका कार्यकर्तामाथि कुटपिट भएको थियो । त्यस क्रममा पोखरेलसमेत नेकपा समर्थकहरुको आक्रमणबाट सामान्य घाइते बनेका थिए ।

क्याम्पसका प्राध्यापक तथा कर्मचारीले दोहोरो सुविधा लिएको विरोधमा आफ्ना कार्यकर्ताहरुले ज्ञापनपत्र दिन जाँदा ढोका थुनेर कुटपिट गरिएको र आधा दर्जनजति नेविसंघका कार्यकर्ताहरु घाइते बनेको मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बुले अनलाइनखबरलाई बताए ।

शुक्रबार पत्रकारमाथि आफ्ना कार्यकर्ताहरुले गरेको कुटपिटबारे आफूले बुझ्ने कांग्रेस सभापति लिम्बुले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments