Incident Reports

सामाजिक विषयको परीक्षा रद्धभएपछि परीक्षार्थीद्वारा प्रदर्शन

2019-03-30

Madhes, Siraha, Golbazar

प्रश्नपत्र बाहिरिएपछि शुक्रबारको सामाजिक विषयको परीक्षा रद्ध भएपछि आक्रोशित परीक्षार्थीहरुले सिरहाका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । आक्रोशित परीक्षार्थीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानस्थित सहिद चौंकमा राजमार्गमै बसेर प्रदर्शन गरे । उनीहरुले ‘वी वान्ट जस्टिस’ को नाराबाजी र प्रदर्शन गरेका थिए । त्यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको नयाँ चोहर्वा खण्डमा आक्रोशित परीक्षार्थीले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण केहीबेर चोहर्वा खण्डमा यातायात अवरुद्ध भएका थिए । बिहान परीक्षा केन्द्र पुगेका विद्यार्थीहरुलाई परीक्षा रद्ध भएको भन्दै केन्द्रबाट फर्काइएपछि विद्यार्थी आक्रोशित भएका थिए । उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइन्दैन भन्दै केन्द्र परिसरमैं नाराबाजी गरेका थिए । परीक्षा सुरु हुनुभन्दा १२ घण्टा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ वटै जिल्लामा शुक्रबारको सामाजिक विषयको परीक्षा रद्ध गरिएको थियो । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रश्नपत्र छयापछयाप्ती भएको थियो ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments