Incident Reports

डिपो फनपार्क निर्माण लफडा विवाद चर्किदै सडक सम्म, फनपार्क अन्यौलमा

2018-11-22

Province 1, Sunsari, Dharan, Ward 18

धरान- १८  स्थित डिपोट स्कुलको खेल मैदानमा फनपार्क निर्माण गर्ने विषयले चर्को रुप लिन थालेको छ । विवादले सडक तताउन थालेको छ।

डिपो स्कुलले फन पार्कको लागि लिजमा जग्गा दिएर फनपार्क निर्माण गर्न शुरु भएदेखि नै विवाद दिनानु दिन वढ्दै गइरहेको छ। स्कुलले इजी राइडर ग्रुपलाई फन पार्क बनाउन ३० वर्षको लागि जग्गा लिजमा दिएपछि त्यसमा सरोकार राख्नेहरुले विरोध जनाउँदै आएका छन। स्कुलले ३ विगाहा जग्गा इजी राइडर ग्रुपलाई लिजमा दिएको हो । ३० वर्ष सम्म लिजमा दिंदा स्कुलको भोगाधिकारमा रहको जग्गा प्राइवेट कम्पनीलाई लिजमा लिँदा सम्झौता वमोजिम लिजमा लिने कम्पनीले फिर्ता दिने कुरामा शंका उत्पन्न भएपछि विरोध शुरु भएको हो । त्यसैले अहिले फनपार्क वनाउने कि नवनाउने भनेर अन्यौलको विषय वन्न थालेको छ ।डिपो खेल मैदानलाई त्यसरी लिजमा दिएपछि विहीबारदेखि विपी प्रतिष्ठान -डिपो बचाउ संघर्ष समितीले सांकेतिक विरोधका कार्यक्रम सडकमा आएर गर्न थालेको छ।

संघर्ष समितीले सडक हुदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण , डिपो सन्चालक विरुद्ध अख्तियार दुरुपयोग आयोगमा उजुरी , नागरिक संवाद र हस्ताक्षर समेत गर्ने तयारी गरेको बिपी प्रतिष्ठान-डिपो बचाउ संघर्ष समितीका सदस्य सचिव सुजेन्द्र तामाङले औजारलाई बताए । तामाङले बिपीसँगको सम्झौता र नेपाल सरकारले अनुमति दिंदा पनि शैक्षिक प्रयोजनबाहेक व्यापारिक प्रयोजनमा जग्गा उपयोग गर्न डिपोले नपाउने भएकोले आफुहरुले खबरदारी गर्नुपरेको बताए । अहिले बिपीको व्यवस्थापन पक्ष विविध कारणले कमजोर छ, त्यसैले हामीले यो कदम चाल्न बाध्य हुनुपर्यो,'उनले भने, सम्बन्धित निकायहरुको ध्यानाकर्षण होस, निर्णय पुनविचार गरेर डिपोले सम्झौता रद्द गरोस् भन्ने चाहन्छौं ।' फनपार्कसँगै डिपो र इजी राइडर ग्रुप बिजनेश प्रालिबीचको सम्झौतामा भएको अन्य संरचनाहरु निर्माण हुँदा अस्पताल क्षेत्र र डिपोकै शैक्षिक गतिविधि, वातावरणमा दीर्घकालिनरुपमा असर पर्ने भएकोले त्यहाँबाट अन्यत्र सार्नुपर्ने संघर्ष समितिले आग्रह गर्दै आएको छ। । विहीबार फनपार्क उपयुक्त ठाउँमा स्थानान्तरण गर्न माग गर्दै संघर्ष समितिले र्याली निकालेका छन् ।समितिले नै चरणबद्ध आन्दोलनको घोषणा गरेअनुरुपमा सांकेतिक रयाली निकालेका हुन् । र्यालीमा बिपीका वरिष्ठ शिक्षक चिकित्सक डाक्टरहरु, विद्यार्थी, नर्स र कर्मचारीहरु सहभागी थिए । विपी प्रतिष्ठानबको परिसरबाट शुर भएको र्याली धरानको शिवमार्ग, बुद्धचोक, रत्नचोक हुदै फनपार्क निर्माणस्थलमा पुगेको थियो । त्यहाँ केहीबेर फनपार्क सारौं, बिपी डिपोट बचाउ भन्ने नारा लगाएर र्याली पुनः प्रतिष्ठानमा नै पुगेर टुंगिएको थियो।

केही दिन अघिमात्रै बिपी प्रतिष्ठानका शिक्षक(फ्याकल्टी), कर्मचारी, चिकित्सक एवं विद्यार्थीहरुको आधिकारिक संगठनहरु मिलेर बिपी तथा डिपो बचाउ संघर्ष समिति गठन गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Sunsari

0 Comments