Incident Reports

छिमेकीले बाटो बन्द गरिएको भन्दै राजमार्ग अवरुद्व

2019-03-31

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 3

छिमेकीले बाटो नदिएको भन्दै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ३ का बासिन्दाहरुले आइतबार पूर्व पश्चिम राजमार्गमा चक्काजाम गरेका छन् ।

नगरपालिकाको वडा नम्बर ३ निवासी हरेकृष्ण रोहिताले आफूहरुको हिँडडुल गर्ने बाटो नै बन्द गरिदिएको भन्दै ५० परिवार पूर्व–पश्चिम राजमार्ग नै अवरुद्व गरेका हुन् । आइतबार दिउँसो भारदहस्थित पूर्व–पश्चिम राजमार्गमा उनीहरुले अपरान्ह ४ देखि ५ बजेसम्म चक्काजाम गरेका हुन् ।

रोहिताले एक बर्ष यता आफूहरुको बाटो नै अवरुद्व गर्ने किसिमले घेराउ गरेको र पटक–पटक भन्दा पनि नखोलेका कारण राजमार्ग नै अवरुद्व गर्नुपरेको पीडित बिन्देश्वर राउतले बताए ।

चक्काजाम गर्न महिलाहरु आ–आफ्ना बच्चासहित आएका थिए । पछि जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले बाटो खोलाइदिने प्रतिबद्वता जनाएपछि उनीहरुले चक्काजाम खोलेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments