Incident Reports

जनप्रतिनिधि र कर्मचारीको भाँडभैलोले वीरगन्ज महानगरको काम ठप्प

2019-03-31

Madhes, Parsa, Birgunj

वीरगन्ज : वीरगन्ज महानगरपालिकामा कर्मचारीको आन्दोलनका कारण आठ दिनदेखि कामकाज ठप्प छ।

स्थानीय तह अन्तर्गत कार्यरत पाँच सय ७० कर्मचारी चैत १७ गतेदेखि नै महानगरपालिका कार्यालयका वारुणयन्त्र महाशाखा बाहेक अरु सबै महाशाखा र शाखामा तालाबन्दी गरेर धर्नामा छन्। 

स्थानीय तहका स्थायी कर्मचारीको निजामती सरह वृत्ति विकास र बढुवा हुनुपर्ने, करार र ज्यालादारीमा कार्यरतको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, तहगत दरबन्दी लागु गर्नुपर्ने  माग आन्दोलनरत कर्मचारीले अघि सारेका छन्।

महानगरपालिकामा एक सातादेखि तालाबन्दी नै गरेर कर्मचारी आन्दोलनमा रहेका कारण, कार्यालयमा पुग्ने सेवाग्राही दिनहु निराश भएर फर्किने गरेका छन्। यसका साथै विकास निर्माणका योजना र कार्यालयका  प्रशासनिक कामकाज पनि प्रभावित छ। 

कर्मचारीको मागको सम्बोधन संघीय कानुनसँग जोडिएको विषय भएकाले महानगरपालिकाले पूरा गर्न नसक्ने मेयर विजय सरावगीको भनाइ छ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कर्मचारीको माग, कानुन सम्मत नरहेकाले तत्कालै सम्बोधन हुने अवस्था नरहेको स्पष्ट पारिसकेको छ।   

आन्दोलनरत कर्मचारीलाई आन्दोलन फिर्ता लिएर काममा फर्कन महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पटक–पटक आग्रह गरिसकेका छन्। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat

0 Comments