Incident Reports

हातपात गर्ने छ जनाबिरुद्ध सार्वजनिक मुद्दा

2019-03-25

Lumbini, Dang, Gadhawa

देउखुरी, ११ चैत । इलाका प्रहरी कार्यालय गढवाले सार्वजनिक शान्ति बिरुद्धको कसूरमा छ जनामाथि मुद्दा दर्ता गरेको छ । सार्वजनिक कुलो निर्माणको विषयमा उपभोक्ता समितिका पदाधिकारीमाथि हातपात गर्ने राजपुर गाउँपालिका वडा नं. २ बेला निवासी शोभाराम यादव, धीरबहादुर यादव, पाटेश्वर यादव, रामेश्वर यादव, रामप्रसाद यादव र प्रेमा यादवविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

२०३० सालदेखि सञ्चालनमा आएको कुलो करीब एक वर्षअघि धीरबहादुर यादवले पुरिदिएका थिए । सोही पुरिएको कुलो निर्माण गर्ने विषयमा पटक-पटक छलफल भएकोर सहमति कार्यान्वयन नभएपछि 'ख' कन्टी उपभोक्ता समितिले आफै बनाउन थाल्दा धीर बहादुर यादवसहित उनका परिवारका सदस्यले कुलो निर्माण उपभोक्ता समितिका पदाधिकारीमाथि हातपात गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

छ जनाविरुद्ध प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख गिरिराज भण्डारीले जानकारी दिनुभयो । सिंचाई कुलो उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र पुन, उपाध्यक्ष हेमकुमार जिसी र संदस्य कामेश्वर यादवमाथि कुटपिट भएको उजुरी प्रहरी कार्यालयमा परेको छ । प्रहरी कार्यालयमा उजुरी परेपछि प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Dang

0 Comments