Incident Reports

गाउँपालिका अध्यक्षमाथि दुर्व्यवहार

2019-04-11

Bagmati, Sindhuli, Tinpatan

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापालाई उपकरण व्यावसायी मधु कटुवाल भनिने सिद्धिबहादुर कटुवालले कार्यकक्षमै हातपात गरेको पीडित पक्षको आरोप छ ।

चैत २८ गते दिउँसो साढे २ बजे कार्यकक्षमै आफूमाथि दुर्व्यवहार भएको भनी थापाले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन ।

गाउँपालिकाको वडा नं. १ को सडक निर्माण उपभोक्ता समितिले निर्माण गरेको सडकको रकम भुक्तानीमा ढिलाई गरेको भन्दै उक्त सडक निर्माणमा काम गरिरहेका उपकरण व्यावसायीले दुर्व्यवहार गरेको गाउँपालिका अध्यक्ष कर्ण थापाले बताए ।

गाँउपालिकाको एक नम्वर वडामा निर्माधाधीन सडकमा उपभोक्ता समितिले जेसिवि भाडामा लगाएको र गाउँपालिकाले त्यसको भुक्तानी ढिला गरेको भन्दै कटुवालले आफूमाथि कार्यकक्षमै गालिगलौज र हातपातको प्रयास गरेको उनले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

तीनपाटन गाउँपालिका–१ बेलघारीमा निर्माणाधिन सडक निर्माण विषयमा केही उपभोक्ता समितिबाट गुनासो आएपछि आफूहरूले एक समिति बनाई अनुगमन गर्दा उपभोक्ताहरूको गुनासो जायज देखिएको समितिको रिपोर्टपछि आफूले उपभोक्ता समितिलाइ उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न भनेको भए पनि एकाएक उपभोक्ता समितिका अध्यक्ष सुदर्शन बरालसहित गाउँपालिका कार्यालयमा पुगेका कटुवालले गालिगलौज गर्नुका साथै हातपातको प्रयास गरेको पीडितको आरोप छ । कामका शिलसिलामा आएका अन्य उपभोक्ताहरूले जोगाएको उनले जानकारी दिए ।

उनले यो घटनाले काम गर्न असुरक्षित महसुस भएको बताए । दुव्र्यवहाहरपछि चैत २८ गते जिल्ला सदुरमुकाम आइपुगेको उनले बताए ।

उनले गाउँपालिकाको अध्यक्षमाथिको आक्रमणले गाउँपालिकाबासीमा समेत असुरक्षित महसुस भएको भन्दै जनताको सुरक्षाको प्रत्याभूति दिलाउन माग समेत गरेका छन् ।

उनले उपभोक्ता समितिलाई दिइने भुक्तानी जेसीवि व्यवसायीलाई दिन नमिल्ने बताउँदै घटना नियोजित तरिकाले भएको बताए ।

घटनाको विषयलाई लिएर अध्यक्ष थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उपभोक्ता समितिका अध्यक्ष बराल र जेसीवि व्यवसायी कटुवाल विरुद्ध उजुरी आएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए ।

उनले गाउँपालिका अध्यक्ष र कटुवालबीच भनाभन् भएको र कटुवालले अध्यक्ष थापाले प्रहरीलाई फोन गर्न थालेपछि फोन झारिदिएको घटनाको प्रारम्भिक अनुसन्धानमा पाइएको बताए ।

गाउँपालिकाका अध्यक्ष थापामाथि भएको दुव्र्यवहारको निन्दा गर्दै गाउँपालिकाले विहिबार नै विज्ञप्ति जारी गरेको छ ।

दोषीलाई कारवाहीको माग गर्दै कानुनको शासन र दण्डहीनताको अन्त्य गर्न माग गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले विज्ञप्ति जारी गरेका हुन् ।

उपभोेक्ता समितिले ९० प्रतिशत काम सम्पन्न भइसकेको र ३४ लाख ९२ हजार रुपियाँमध्ये पहिलो किस्ता स्वरुप १५ लाख रुपियाँ समितिले बुझिसकेको जनाएको छ ।

समितिको १८ ओटा विल भुक्तानीका लागि गएको अन्य निकासाका लागि गाउँपालिकामा प्रक्रिया चलिरहेको समेत जनाएको छ ।

यस्तै गाउँपालिका अध्यक्ष थापालाई दुव्र्यवहार गरेको आरोप लागेका कटुवालले आफू र गाउँपालिका अध्यक्षबीच काम गरेको रकम भुक्तानी नभएको विषयमा विवाद भएको तर हातपात नगरेको बताए ।

अध्यक्ष थापाले बेलघारी–१ का अविनाश अधिकारीसँग गाउँपालिकाको जेसिवीले गरेको कामको ५ प्रतिशत रकम नदिएमा बाटोको रकम भुक्तानी नहुने भनी खबर पठाएकाले आफूहरू कार्यालयमा छलफल गर्न गएको र थापाले गाली गरेपछि भनाभन भएको बताए ।


विमला पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
INSEC

0 Comments