Incident Reports

घर-टहरा हटाएकाे विराेधमा वडा कार्यालयमा तालाबन्दी

2019-04-21

Province 1, Morang, Biratnagar, Ward 6

अतिक्रमण गरी बनाइएको घर टहरा हटाएपछि मोरङको विराटनगर महानगरपालिका वडा नम्बर-६ मा  स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।

धुधुवा पैनीमा रहेका घर टहरा भत्काउँदा स्थानीयले विरोध गर्दै जनप्रतिनिधि र कर्मचारीलाई थुनेर तालाबन्दी गरेका हुन् । जनप्रतिनिधि तथा कर्मचारी झण्डै दुई घण्टा थुनिएका थिए  ।

आउँदाे आइतबार थप छलफल गर्ने सहमति भएपछि स्थानीय बासिन्दाले ताला खोलिदिएका छन् । तालाबन्दीका कारण सेवा लिन पुगेका सयौं सेवाग्राही मर्कामा परेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of public land
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments