Incident Reports

रिना बस्नेत मृत्यु प्रकरण: पथरी तनावग्रस्त, पूर्व-पश्चिम राजमार्ग ठप्प

2019-04-23

Province 1, Morang, Pathari Shanishchare

मोरङको पथरीशनिश्चरे नगरपालिका-१ मा बस्दै आएकी २९ वर्षीया रुपा भनिने रिना बस्नेतको मृत्यु प्रकरण थप पेचिलो बनेको छ। तेह्रथुम घर भई पथरी बजारमा डेरा गरेर बस्दै आएकी रिनाको हत्या नभई तीन तलामाथिबाट लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।

यद्यपी पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन। आफन्त, स्थानीय बासिन्दा र व्यवसायीले भने रिनाको हत्या नै भएको र घटना भएको तीन दिनसम्म पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै आन्दोलन थालेका छन्। 

उनीहरुले तत्काल सत्यतथ्य पत्ता लगाई घटनामा संलग्नलाई पक्राउ गरेर कारवाही अघि बढाउन माग गरेका छन्। आन्दोलनका कारण पथरी बजार तनावग्रस्त बनेको छ। सोमबार बिहानैदेखि प्रहरी र प्रशासन विरुद्ध नाराबाजी गर्दै आन्दोलन सुरु भएपछि अवस्था असामान्य बनेको हो।

आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले पूर्व-पश्चिम राजमार्ग ठप्प पारेका छन्।१२ बजेबाट राजमार्गमा टायर बालेर प्रदर्शन सुरु गरिए पनि त्यसलाई नियन्त्रणमा लिन र राजमार्ग सूचारु गर्न प्रहरीले सकिरहेको छैन। आन्दोलनकारी र प्रहरीबीच सामान्य झडप समेत भएको छ।

अवस्था थप तनावपूर्ण हुने देखिएपछि ठाउँ-ठाउँबाट प्रहरी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। 'आफन्त र स्थानीय बासिन्दाले हत्या हो भनेर दावी गरिरहेका छन्। हत्या जस्तो विषय बोलेर मात्रै पनि हुँदैन।त्यो अनुसन्धानमा देखिनुपर्छ,' केसीले भने, 'शव र घटनाको प्रकृति हेर्दा हेर्दा लडेर मृत्यु भएको घाउ चोट बाहेक केही पनि देखिंदैन।प्रहरीले घटनाको गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त हुन साथ सबै कुरा प्रष्ट हुन्छ।' घटनाको अनुसन्धान थालेको प्रहरीले रिनाले प्रयोग गर्ने मोबाइलका बारेमा पनि अनुसन्धान थालिसकिएको जनाएको छ। 

अहिलेसम्म हत्या नै हो भन्ने पुष्टि भइनसकेको र घटनामा कोही कसैको संलग्नता नदेखिएको एसपी केसीको भनाइ छ। मृतक रिनाका पति वैदेशिक रोजगारीमा छन्।

कस्मेटिक पसल सञ्चालन गर्दै आएकी उनी १४ वर्षीय छोरासँगै पथरीमा डेरामा बस्थिन्। गत शुक्रबार साँझ छिमेकीको नानीको जन्मदिन मनाउन गएपछि छोरासँगै उनी पथरीमा आयोजित कन्सर्ट हेर्न पुगेको खुलेको छ। राति फर्किएपछि कोठामा मदिरा सेवन गरेको प्रहरीको भनाइ छ।

प्रहरीले उनको कोठाबाट वियरका बोतलसमेत फेला पारेको छ। वीरबहादुर बस्नेतको घरको तीन तलामाथि डेरा बस्ने उनको शव शनिबार विहान डेरा बसेकै घरको मुनी निर्वस्त्र अवस्थामा फेला परेको थियो। 

प्रहरीले तीन तलामाथिबाट खसेका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउँदै आएको छ। स्थानीय बासिन्दा र आफन्तले भने हत्या नै भएको दावी गरिरहेका छन्।शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो। रिनाको हत्या भएको भन्दै घटनामा संलग्नलाई पक्राउ गर्न माग राखेर पथरी बजारमा आन्दोलनमा उत्रिएका आफन्त र स्थानीय बासिन्दा।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments