Incident Reports

वडा कार्यालयमा तालाबन्दी

2019-03-05

Gandaki, Nawalparasi East, Kawasoti, Ward 1

कावासोती नगरपालिकाको वडा नं १ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । कावासोती १, कोइलापानीका बासिन्दाले अहिले कार्यालय रहेको स्थानबाट कार्यालय कोइलापानी लैजानुपर्ने भन्दै मंगलबार कार्यालयमा रहेका केही सामग्री लगेपछि हाल कार्यालयनजिकैको स्थानीयले तालाबन्दी गरेका हुन् ।उनीहरूले कार्यालय स्थानान्तरण गर्न नहुने र अहिले रहेकै स्थानमा कार्यालय रहनुपर्ने माग गरेका छन् ।

त्यसैगरी, कोइलापानीका बासिन्दाले भने सरकारी भवन रहेको ठाउँ खाली हुँदा कार्यालय भाडामा राख्नु उचित नभएको भन्दै सार्नका लागि जोड दिएका छन् । स्थानीयले कार्यालय सार्न नहुने भन्दै कार्यालयमा तालाबन्दी गरिदिएको वडा अध्यक्ष नारायण पन्तले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments