Incident Reports

युवतीको मृत्युपछि कैलालीको लम्की तनावग्रस्त, प्रहरीसहित आठ घाइते

2019-04-29

Sudurpashchim, Kailali, Lamkichuha

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक स्थानीय युवतीको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका छन्। 

स्थानीयबासीको प्रदर्शनले अहिले लम्की क्षेत्र तनावग्रस्त भएको छ।

लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीमा ना ७ ख ९२३३ नं.को ट्रकले ठक्कर दिँदा मृत्यु भएको थियो।

मृतकलाई उचित क्षतिपूर्ति र चालकलाई कारवाही गर्न माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन्।

त्यसपछि आक्रोशित स्थानीयले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको थियो।

प्रदर्शनकारीको तर्फबाट प्रहार भएको ढुङ्गा लागेर सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।

स्थानीयको ढुंगा प्रहारबाट प्रहरी जवान रामबहादुर बुढा, सुरत रावल, रामबहादुर बुढा, सहायक प्रहरी हवल्दार प्रेमसिंह धामी, बमबहादुर सुनार, फलाराम चौधरी, सन्दीप चौधरी घाइते भएका छन्।

यस्तै झडपमा परी केही घाइते भएका छन्। घाइते सबैको अवस्था खतारमुक्त रहेको प्रहरीले जनाएको छ। उनीहरूको स्थानीय लालरत्न अस्पतालमा घाइतेको उपचार भइरहेको छ।

प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Female Killed 00
Total Injured 10
National/Online Media

0 Comments