Incident Reports

भरुवा बन्दुकसहित कपिलवस्तुमा शव भेटियो

2019-05-02

Lumbini, Kapilbastu, Shivaraj, Ward 9

शिवराज नगरपालिका-९ मा भरुवा बन्दुकसहित शव फेला परेको छ । वडाको शिवगढी नजिक बगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुक समेत रहेको प्रहरीले जनाएको छ ।

शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक मधु सिंहले बताए । स्थानीय सर्वसाधारणले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको छ ।

National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dang

0 Comments